images

२०८३ आश्विन १ गते

images
images
images
  • विशेष
  • नागढुंगा–मुग्लिङ सडक खुलाउन १० भन्दा बढी...

नागढुंगा–मुग्लिङ सडक खुलाउन १० भन्दा बढी मेसिन परिचालन

नागढुंगा–मुग्लिङ सडक खुलाउन १० भन्दा बढी मेसिन परिचालन

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ ।  रसुवा बाढीका कारण नागढुंगा-मुग्लिङ सडक खण्डअन्तर्गत पर्ने कृष्णभीरमा अवरुद्ध भएको सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन अहिले तीव्र गतिमा काम भइरहेको छ।सडक डिभिजन अन्तर्गतको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का प्रमुख तथा इन्जिनियर धिरज ढकालका अनुसार अवरुद्ध सडक खुलाउनका लागि अहिले भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा नयाँ ट्र्याक खोल्ने कार्य युद्धस्तरमा भइरहेको छ।

    images
    images

    सडक खुलाउने कामलाई तीव्रता दिन १० वटाभन्दा बढी मेसिन तथा उपकरणहरूको प्रयोग गरिएको छ। प्राविधिक तथा मजदुरहरूको टोलीले दैनिक १२ घण्टाभन्दा बढी समय अनवरत रूपमा खटिएर काम गरिरहेको आयोजनाले जनाएको छ।यसैबिच, सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु महानुभावहरूलाई संयमित हुन र वैकल्पिक मार्गहरूको प्रयोग गर्न अनुरोध गरिएको छ। आयोजनाले सकेसम्म छिटोभन्दा छिटो यातायात सञ्चालनमा ल्याउन आफूहरू हरसम्भव प्रयास गरिरहेको स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend