images

२०८३ आश्विन २ गते

images
images
images

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • झापा।  भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व संकलन गरेको छ। २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो।आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए।

    images
    images

    आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ। आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ।

    झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो। भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ। समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन्।विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो। लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो।भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पास्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend