images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२...

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१र८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न  गरेको छ। बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।  

    images
    images

    कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेलले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनीलाई अझै नयाँ उचाइमा पुर्‍याउनु पर्ने बताए । साथै कम्पनीले आव २०८१र८२ मा रु ७००  करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा उनले सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि गरे।कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले  बोल्दै  अभिकर्ताहरूलाई आवश्यक सीप र कलाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र  शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।   

    त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ, बनेपा रिजनका नारायण बहादुर गुरुङ र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको  मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत् राख्ने लक्ष्य रहेको र त्यसै अनुरूप योजना सहित काममा परिचालित भएको बताए । कार्यक्रम ज्ञानवर्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend