images

२०८३ आश्विन २ गते

images
images
images

तनहुँमा ८८ प्रतिशत रोपाइँ

तनहुँमा ८८ प्रतिशत रोपाइँ

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • तनहुँ । तनहुँमा प्रशस्त पानी नपर्दा साउनको दोस्रो सातासम्म रोपाइँ पूरा भएको छैन। अझै १२ प्रतिशत खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।  लामो समयको खडेरी र तापक्रम वृद्धिले गर्दा तनहुँमा रोपाइँ प्रभावित भएकोले रोपाइँ ढिलाई भएको हाल सम्म ८८ प्रतिशत रोपाइँ भएको केन्द्रका कृषि अर्थ विज्ञ सुरज गैह्रेले जानकारी दिनुभयो। 

    images
    images

    गैह्रैका अनुसार पानीको पहुँच पुगेको नदी तथा खोलाबाट सिञ्चित गैरी खेतमा रोपाइँ भए पनि यसवर्ष मूल फुट्ने गरी पानी नपर्दा टारी खेतमा रोपाइँ गर्न ढिलाइ भएको हो।  हाल पानी परिरहेको भए पनि मुसलधारे नपरेकोले मुल फुट्न सकेको छैन। मूल फुटेर रोप्ने मौसमको आधारमा गरिने खेत किसानको बिउ हुर्किएर समस्या भएको छ। धान खेतीका लागि जिल्लाको साँगेफाँट, चुँदीफाँट, कलेस्ती, तनहुँसुर, सेपाबगैचा, पुर्कोट, अत्रौली, आँबुखैरेनी लगायतका ठाउँ प्रख्यात छन्। तनहुँमा सादा मनसुली, सावित्री, मकवानपुरे, सुख्खा १, सुख्खा २ र आधुनिक जातहरु युएस ३१२ र च्यम्पियन हाईब्रिड जातका धान बढी लगाउने गरेको केन्द्रले जनाएको छ।

     केन्द्रका अनुसार जिल्लामा आठ हजार ७२० हेक्टर जमिन वर्षेधान खेती हुने गर्दछ। गत वर्ष आठ हजार ७२० हेक्टर जमिनमा धान लगाउँदा ३५ हजार ५२ मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष आठ हजार ७२० हेक्टर जमिन मध्ये सात हजार छ सय ७३.६ हेक्टर अर्थात ८८ प्रतिशत खेतमा रोपाइँ भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend