images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • कच्चा तेलको मूल्य फेरि बढ्न थाल्यो,...

कच्चा तेलको मूल्य फेरि बढ्न थाल्यो, ब्यारेलको ७६ डलरनजिक

कच्चा तेलको मूल्य फेरि बढ्न थाल्यो, ब्यारेलको ७६ डलरनजिक

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ । कच्चा तेलको भाउ बढेर ब्यारेलको ७५ डलरमाथि पुगेको छ । गत राति मुरबान क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ७५.२५ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । 

    images
    images

    ब्रेन्ट क्रुडमा ब्यारेलको ७२.६३ र डब्ल्यूटीआई क्रुडमा ६९.२२ डलरमा कारोबार भएको छ । ब्यारेलको ६५ देखि ७० डलरको बीचमा रहेको कच्चा तेलको भाउ यो सातादेखि बढ्न थालेको हो । कच्चा तेलको मूल्य सन् २०२५ बाँकी समय प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम रहने पूर्वानुमान सार्वजनिक गरिएकोमा फेरि बढ्न थालेको हो । तेल उत्पादक तथा निर्यातक मुलुकहरूको संगठन (ओपेक प्लस)ले उल्लेखनीय उत्पादन वृद्धिको घोषणा गरेपछि पनि विश्लेषकहरूलाई आश्चर्यचकित पार्दै कच्चा तेलको मूल्य बढेको छ ।

    गोल्डम्यान स्याक्स, मोर्गन स्टेनली र जेपी मोर्गनलगायत प्रमुख तेलमा लगानी बैंकहरूले यस वर्ष ब्रेन्ट क्रुडको मूल्य औसतमा ब्यारेलको ६६.३२ र डब्ल्यूटीआई क्रुडको औसतमा ६३.०३ हुने अनुमान गरेका छन् । गत जुनमा रोयटर्स सर्वेक्षणले पनि मूल्य पूर्वानुमानमा थोरै वृद्धि देखाएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसमम पुगेको थियो । बढ्दो तेलको भाउले विश्वबजारमा महंगीसमेत बढाएको थियो । इरान र इजरायबीचको युद्धले कच्चा तेलको भाउ बढेर ब्यारेलको ८० डलरसम्म पुगेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend