images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नागरिक लगानी कोषको नाफा १३ प्रतिशत...

नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढेको छ ।कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढेको हो । कोषले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब १० करोड रुपैयाँ थियो ।

    images
    images

    कोषको ब्याज आम्दानी घटेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी बढेको छ । ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ४४ करोड रहेकोमा गत आर्थिक वर्ष ३३ करोडमा झरेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवमा १ अर्ब ४१ करोड रहेकोमा गत आवमा १ अर्ब ६५ करोड छ ।सेवा शुल्क तथा कमिसन आम्दानीमा आएको वृद्धिले नाफा बढेको हो । कोषले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ विभिन्न बैंकमा मुद्दती निक्षेपका रुपमा लगनी गरेको छ ।

    त्यस्तै ३१ अर्ब रुपैयाँ विभिन्न संगठित संस्थाका धितोपत्रमा लगानी गरेको छ । ६० अर्ब रुपैयाँ सहभागी सापटी तथा आवास कर्जा प्रदान गरेको छ । कम्पनीको खुद कोष मौज्दात २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर छ ।प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा छ । पहिले प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा थियो । बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूँजी (सेयर संख्या) बढेकाले  नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको हो ।गत साता बजार बन्द हुँदा बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९७१ रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend