images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट...

माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा सुरु गरिने

माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा सुरु गरिने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा शुभारम्भ गर्ने बताएका हुन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघ महिनाभित्र फाइभजी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सो सेवा शुभारम्भ गरिने बताएका हुन्। 

    images
    images

    उनले डिजिटल नेपालको कार्यक्रमलाई प्रभाकारी बनाउन देशैभर इन्टरनेटको गुणस्तर वृद्धिका लागि काम भइरहेको जानकारी दिनुभयो। गुरुङले हुलाक टिकटदेखि आवश्यक सबै कुराको छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर गरे।

    उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पीएसबी)का रूपमा सञ्चालन गरिएको धारणा राखे। उनले संविधान र कानुनमा कुनै पनि शब्द दोहोरो अर्थ राख्ने उल्लेख भए त्यसको दुरुपयोग हुनेप्रति कानुन बनाउनेहरू सजक हुनुपर्ने बताए। त्यस्तै उनले मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्यान दिएको समेत बताए। उनले सामाजिक सञ्जाललाई समेत नियमन गर्नेगरी विधेयक आउने जानकारी दिए। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend