images

२०८३ आश्विन २ गते

images
images
images

हेटौँडा उपमहानगरले एकै महिनामै उठायो साढे तीन करोड राजस्व

हेटौँडा उपमहानगरले एकै महिनामै उठायो साढे तीन करोड राजस्व

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर ४५ लाख ९९ हजार, घरबहाल कर ६५ लाख २० हजार, बहाल बिटोरी कर १६ लाख ४५ हजार, व्यवसाय कर ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत दुई लाख ३१ हजार सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा एक करोडले कम हो ।    

    images
    images

    आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार, घरबहाल कर  ५० लाख ६५ हजार, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend