images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन...

अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं।  अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने भएका छन्।आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई परिपत्र गर्दै २५ प्रतिशतसम्म लाभांश विवतरण गर्ने पाउने व्यवस्था गरेको हो।

    images
    images

    यस अगाडिका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न पाउने व्यवस्था गरेका थिए।सो व्यवस्थालाई गभर्नरको रुपमा विश्व पौडेल आएपछि ल्याएको मौद्रिक नीतिमा परिवर्तन गर्ने व्यवस्था ल्याएका थिए।सोही व्यवस्था बमोजिम पौडेलले लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था ल्याएका हुन्।

    लाभांश वितरण गर्दा त्यसमा भने कन्डिसन लगाएका छन्।जस अनुसार निष्कृय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएकाले २५ प्रतिशत लाभांश वितरण गर्ने पाउने छन्।त्यस्तै ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशत र १० देखि माथि १५ प्रतिशतसम्म निष्कृय कर्जा अनुपात भएकाले १५ प्रतिशत लाभांश वितरण गर्ने पाउने छन् ।लाभांश वितरण पछिको पुँजीकोष अनुपात १२ प्रतिशत भन्दा माथि हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend