images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • साउनमा जीवन बीमाको व्यापार २० अर्ब,...

साउनमा जीवन बीमाको व्यापार २० अर्ब, नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा

साउनमा जीवन बीमाको व्यापार २० अर्ब, नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरुले २० अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । ३ लघु सहित १७ जीवन बीमा कम्पनीले २० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो अवधिमा ५ वटा कम्पनीले अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् भने अन्य कम्पनीको व्यापार अर्ब भन्दा कम रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स र सुर्यज्योति लाइफ इन्स्योरेन्सको व्यापार अर्ब भन्दा बढी रहेको छ । 

    images
    images

    नेपाल लाइफले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफले २ अर्ब ४१ करोड ४५ लाख, एलआईसी नेपालले २ अर्ब ३ करोड ९९ लाख, हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख र सूर्यज्योति लाइफले १ अर्ब २४ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यता लघुबीमा कम्पनीहरु मध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा धेरै ३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा लिबर्टी माइक्रो लाइफले २ करोड ६८ लाख र क्रेष्ट माइक्रो लाइफले १ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ । 

    यो महिनामा जम्मा ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ प्रथम बीमाशुल्कबाट संकलन भएको छ । यसैगरी, नविकरणबाट १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ संकलन भएको हो । कम्पनीहरुले एक महिनामा ६ लाख ४८ हजार ५८८ वटा पोलिसि विक्री गरेका छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमालेख विक्री वापत २८ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । साउनमा ६८ हजार जनाले वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend