images

२०८३ आश्विन २ गते

images
images
images

एक महिनामै ३२ करोड १७ लाख रुपैयाँको अलैंची निर्यात

एक महिनामै ३२ करोड १७ लाख रुपैयाँको अलैंची निर्यात

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । मूल्यका आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा ९९.५४ प्रतिशतले अलैंची निर्यात बढेको भन्सार विभागले जनाएको छ ।चालु आर्थिक वर्षको साउनमा भारतमा मात्रै अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको साउनमा १६ करोड १२ लाख ५२ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो ।

    images
    images

    गत आर्थिक वर्ष साउनमा ८७ हजार ९ सय किलो अलैंची निर्यात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा २ लख १६ हजार १५० किलो अलैंची निर्यात भएको विभागका तथ्यांक छ ।विभागका अनुसार गत आर्थिक वर्षभर ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँको अलैंची निर्यात भएको थियो । २०८०/०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो ।

    अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको नेपाली अलैंची व्यवसायी महासंघले जनाएको छ । मुलुकमा उत्पादन भएको अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend