images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • मेटाले कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको...

मेटाले कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा राख्यो नेपाल

मेटाले कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा राख्यो नेपाल

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । मेटाले नेपाललाई ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’का लागि योग्य देशको सूचीमा औपचारिक रूपमा समावेश गरेको छ । सोमबारदेखि मेटाले आफ्नो वेबसाइटमा नेपाललाई आधिकारिक रूपमा सूचीकृत गरेको हो । यससँगै अब नेपाली फेसबुक प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरका लागि फेसबुकबाटै आयआर्जन गर्ने बाटो खुलेको छ । यसअघि मेटाले नेपाली प्रयोगकर्तालाई ‘इन्भिटेसन’का आधारमा अनौपचारिक रूपमा सेवा सुरु भएको जानकारी दिंदै आएको थियो । तर, अब भने कम्पनीले योग्य देशको सूचीमा नेपाली पनि समेटेको छ ।

    images
    images

    यससँगै योग्य सबै नेपाली क्रियटरले यो सुविधाका लागि आवेदन दिन सक्नेछन् । फेसबुक पेज वा प्रोफाइललाई प्रोफेसनल मोडमा परिणत गरेका क्रियटरलाई फेसबुकले कन्टेन्ट मनिटाइजेसनको सुविधा उपलब्ध गराइरहेको छ ।

    images
    images

    कम्पनीले केही प्रयोगकर्तालाई इमेलमार्फत पनि नेपालमा यो सुविधा औपचारिक रूपमा सुरु भएको जानकारी गराएको छ ।

    के हो कन्टेन्ट मनिटाइजेसन र यसले के फाइदा हुन्छ ?

    कन्टेन्ट मनिटाइजेसन फेसबुकमा आफ्ना फोटो, भिडिओ, रिल्स, स्टोरी, टेक्स्ट पोस्ट जस्ता सामग्रीलाई ‘मनिटाइज’ गरेर पैसा कमाउन सकिने एक प्रणाली हो । यो सुविधाअन्तर्गत फेसबुकले सर्जकका सामग्रीमा विज्ञापन देखाउँछ र त्यसबाट प्राप्त आम्दानीको निश्चित हिस्सा क्रियटरलाई दिन्छ । क्रियटरले पोस्टमा आउने इङ्गेजमेन्टकै आधारमा आम्दानी गर्न सक्छन् । तर, यसको मापन कसरी हुन्छ भन्ने जानकारी बाहिर आएको छैन । अहिलेलाई फेसबुकको प्रणालीले नै कुन क्रियटरलाई कुन पोस्टबापत कति रकम दिने भन्ने निर्णय गर्छ ।मेटाको यो निर्णयले नेपाली कन्टेन्ट क्रियटरलाई डिजिटल सामग्रीमार्फत आयआर्जन गर्न ठुलो अवसर प्रदान गरेको छ । पहिले यस्तो आम्दानीका लागि विदेशी बैंक खाता वा अन्य अनौपचारिक माध्यम प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब भने सर्जकले सिधै आफ्नो नेपाली बैंक खातामा रकम प्राप्त गर्न सक्नेछन् । यसबाट देशमा भित्रिने रेमिट्यान्स बढ्नुका साथै सरकारले प्राप्त गर्ने करमा समेत उल्लेख्य वृद्धि हुने देखिन्छ ।

    मनिटाइजेसनका लागि कसरी योग्य हुने ?

    फेसबुकबाट आम्दानी गर्नका लागि क्रियटरले केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।१) प्रोफेसनल मोड (Professional Mode): सबैभन्दा पहिले आफ्नो फेसबुक प्रोफाइल वा पेजलाई ‘प्रोफेसनल मोड’मा बदल्नुपर्छ । यसका लागि आफ्नो प्रोफाइलको सेटिङमा गएर ‘Turn On Professional Mode’ विकल्प छनोट गर्नुपर्छ । त्यहाँ आफू कस्तो प्रकारको सर्जक (जस्तै: Digital Creator, Singer, Actor) हो, सो छनोट गर्नुपर्छ । (पेजका सन्दर्भमा भने केही गर्नु पर्दैन)

    २) मनिटाइजेसनका लागि आवेदन: प्रोफाइल प्रोफेसनल मोडमा गएपछि ‘प्रोफेसनल ड्यासबोर्ड’ भित्र रहेको ‘Monetization’ अप्सनमा जानुपर्छ । यदि तपाईं योग्य भइसक्नुभएको छ भने त्यहाँ विभिन्न टुल (जस्तै: Stars, Ads on Reels) देखिन्छन् । यदि योग्य हुनुभएको छैन भने ‘Not Yet Eligible’ मा गएर आवेदन दिन सकिन्छ । फेसबुकले तपाईंको प्रोफाइलको सक्रियता र मापदण्डका आधारमा आवेदन स्वीकृत गर्छ ।३) भुक्तानी र कर विवरण सेटअप (Payout and Tax Setup): आवेदन स्वीकृत भएपछि आम्दानी जम्मा गर्नका लागि भुक्तानी विवरण (Payout Setup) मिलाउनुपर्छ ।* कर विवरण (Tax Info): यसका लागि आफ्नो नागरिकता अनुसारको पूरा नाम, जन्ममिति, स्थायी ठेगाना, र स्थायी लेखा नम्बर (PAN) अनिवार्य रूपमा भर्नुपर्छ ।* बैंक खाता (Bank Account): भुक्तानी प्राप्त गर्न आफ्नो बैंक खाताको विवरण भर्नुपर्छ । यसका लागि बैंकको ‘स्विफ्ट कोड’ (SWIFT Code) र आफ्नो खाता नम्बर आवश्यक पर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend