images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • चोरी भएका कार्डहरूको विवरण सार्वजनिक गर्दै...

चोरी भएका कार्डहरूको विवरण सार्वजनिक गर्दै नेपाल टेलिकम, प्रयोग नगर्न सर्वसाधारणमा आग्रह

चोरी भएका कार्डहरूको विवरण सार्वजनिक गर्दै नेपाल टेलिकम, प्रयोग नगर्न सर्वसाधारणमा आग्रह

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । भदौ २९, जेनजी आन्दोलनका क्रममा नेपाल टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुल कार्यालयमा भदौ २४ गते भएको तोडफोड तथा आगजनीका कारण करिब ७० हजार भन्दा बढी रिचार्ज कार्ड चोरी भएको टेलिकमले जनाएको छ।

    images
    images

    नेपाल टेलिकमले एक विज्ञप्ति जारी गर्दै चोरी भएका कार्डहरूको विवरण सार्वजनिक गर्दै तिनको वितरण, बिक्री वा प्रयोग नगर्न सर्वसाधारणमा आग्रह गरेको छ। साथै, यस्ता कार्डहरू फेला परेमा नजिकैको नेपाल टेलिकम कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन समेत अनुरोध गरिएको छ।

    चोरी भएका रिचार्ज कार्डहरूको विवरणः

    images
    images

    ६०,००० वटा रु. १०० को कार्ड: सिरीयल नम्बर 1125030123600001 देखि 1125030123606000 सम्म

    ८,००० वटा रु. १०० को कार्ड: सिरीयल नम्बर 1125030094510001 देखि 1125030094518000 सम्म

    २,००० वटा रु. १०० का अन्य कार्ड

    २०० वटा रु. ५० का रिचार्ज कार्ड

    नेपाल टेलिकमले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिएको छ।

    सावधानी अपनाऔं, क्षतिबाट बचौँ। यदि तपाईंको हातमा संकास्पद रिचार्ज कार्ड पर्न गएको छ भने तुरुन्तै नजिकको टेलिकम शाखामा बुझाउनुहोला।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend