images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • कर्णालीको स्याउ नेपाली बजार, विदेशी स्याउको...

कर्णालीको स्याउ नेपाली बजार, विदेशी स्याउको माग घट्दै

कर्णालीको स्याउ नेपाली बजार, विदेशी स्याउको माग घट्दै

images
images
शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • काठमाडौँ । असोज १७, नेपालगन्ज, नेपाली बजारमा अहिले कर्णालीको अर्गानिक स्याउको माग उच्च छ। नेपालगन्ज देखि बुटवल, सुर्खेत, दाङ सम्मका बजारमा जताततै जुम्लाको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ सजिलै पाइन्छन्।

    images
    images

    नेपालगन्जका थोक व्यापारी प्रेमलाल साहु तेलीका अनुसार, यस वर्ष कर्णालीको स्याउ बजारमा प्रमुख बनेको छ। उहाँका अनुसार सुर्खेत, धनगढी, बुटवल लगायतका शहरका व्यापारी र उपभोक्ता कर्णालीको स्याउ खोज्दै आउन थालेका छन्।

    मूल्य प्रतिस्पर्धात्मक, माग उच्च,ग्रेडिङ गरिएको स्याउ थोकमा प्रतिकिलो १६० रूपैयाँ सम्ममा बिक्री हुँदैछ भने ग्रेडिङ नगरिएको स्याउ न्यूनतम १०० रूपैयाँमा उपलब्ध छ। आकार र गुणस्तर अनुसार व्यापारीले खरिद गरेर पश्चिमका सहरहरूमा बिक्री गर्ने गरेका छन्।

    images
    images

    विदेशी स्याउ विस्थापित,पहिला भारतीय र चिनियाँ स्याउले भरिने बजार अहिले कर्णालीको अर्गानिक स्याउले ओगटेको छ। सडक विस्तार र ढुवानी प्रणाली सहज हुनुले नेपाली स्याउको बजारमा पहुँच बढेको व्यापारीहरू बताउँछन्।

    स्थानीय अर्थतन्त्रमा योगदान,नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार कर्णालीको स्याउको बजार विस्तारले किसान मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाएको छ। उहाँले गुणस्तर सुधार र ढुवानीमा ध्यान दिन सके बिक्री र उत्पादन दुवै गुणात्मक रूपमा बढ्ने बताउनु भयो।

    महिलाको आत्मनिर्भरता र चाडपर्वको आम्दानी,नेपालगन्जका चोकहरूमा कर्णालीका महिला तथा विद्यार्थीहरू स्याउ बेच्दै आत्मनिर्भर बन्दै गएका छन्। जुम्लाकी शीतली रोकायले दैनिक २५।३० किलो स्याउ बेचेर दशैँ तिहार मनाउने खर्च जुटाएको बताइन्।

    स्याउ स्वादिलो, सस्तो, र लामो समय सम्म भण्डारण गर्न सकिने भएकाले तीज, दशैँ, तिहारमा उपहारस्वरूप पनि लैजाने चलन बढ्दो छ।

    उत्पादन र माग दुवैमा वृद्धि,गत वर्ष नेपालगन्जबाट करिब ३,००० क्विन्टल स्याउ बिक्री भएकोमा यस वर्ष ५,००० क्विन्टल सम्म पुग्ने अनुमान गरिएको छ। व्यापारी साहुका अनुसार चिस्यान केन्द्र निर्माण र उत्पादन प्रविधिमा सुधार गर्न सके कर्णालीको स्याउले देशकै मागको ठूलो हिस्सा धान्न सक्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend