काठमाडौँ । असोज २३, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयरको लिलामी निष्कासन गरी बाँडफाँड गरेको छ। कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद शेयर जारी गरेको थियो।
हकप्रद निष्कासन पछि संस्थापक समूहतर्फ ४,४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १,९२,५७४ कित्ता सेयर बाँकी रहेका थिए। बाँकी रहेका सेयरहरूलाई कम्पनीले गोप्य शिलबन्दी बोलपत्र आह्वानमार्फत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म लिलामीमा ल्याएको थियो।
उक्त अवधिमा प्राप्त बोलपत्रहरू असोज ९ गते खोलिएको र आवश्यक प्रक्रिया पूरा गरी असोज २२ गते बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ। बाँडफाँडमा संस्थापक समूहतर्फको शेयरमा अन्तिम मूल्य (कटअफ प्राइस) रु १२६ र सर्वसाधारण समूहतर्फको शेयरमा रु ५०३.४३ कायम भएको छ।
बाँडफाँडमा नपरेका आवेदकहरूको रकम आज असोज २३ गते देखि फिर्ता गरिने कम्पनीले जनाएको छ। यस लिलामीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।




.gif)





