काठमाडौँ । असोज २७, नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरूको परीक्षा भोलि असोज २८ गतेदेखि सुरु गर्ने भएको छ। परीक्षा चार दिनसम्म असोज २८, २९, ३० र ३१ गते सञ्चालन हुनेछ।
प्राधिकरणका अनुसार परीक्षा प्रत्येक दिन बिहान ११ः०० बजेदेखि दिउँसो १२ः३० बजेसम्म अनलाइन माध्यमबाट हुनेछ।
बीमा ऐन, २०७९ अनुसार बीमा अभिकर्ता (मध्यस्थकर्ता) को इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्न अनिवार्य परीक्षा पास गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार, प्राधिकरणले समय समयमा परीक्षा सञ्चालन गर्दै आइरहेको छ।
बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र सेवा प्रवाहमा पारदर्शिता ल्याउने उद्देश्यले प्राधिकरणले यो प्रक्रिया लागू गर्दै आएको हो।




.gif)





