images

२०८३ आश्विन २ गते

images
images
images

पहिलो त्रैमासमा एक अर्ब ६७ करोड ९१ लाखको अलैँची निर्यात

पहिलो त्रैमासमा एक अर्ब ६७ करोड ९१ लाखको अलैँची निर्यात

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन-असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ ।भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।विभागका अनुसार आव २०८२/८३ को असोजसम्म एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ ।

    images
    images

    यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट एक अर्ब २६ करोड २१ लाख सात सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो ।नेपालबाट निर्यात हुने मुख्य वस्तुमध्ये अलैंची पनि पर्दछ ।विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४दशमलव९६ प्रतिशतले घटेर ८६दशमलव५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०दशमलव४७ प्रतिशतले बढेर १३दशमलव४६ प्रतिशतमा पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend