images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दुई वाणिज्य बैंकको सेयर मूल्य...

नेप्सेमा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन

नेप्सेमा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं।  नेपाल स्टक एक्सचेञ्जमा दुई वाणिज्य बैंकहरुको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    नेप्सेले यस दिन दुबैं बैंकहरुको ५.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात सिद्धार्थ बैंकको सेयर मूल्य ३४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्सको २०२ रुपैयाँ कायम भएको छ।

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकहरुको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा सिद्धार्थ बैंकको सेयर प्रतिकित्ता ३६७ रुपैयाँमा कारोबार भएको थियो सिटिजन्सको सेयर प्रतिकित्ता २१२ रुपेयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको सेयर कारोबार खुल्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend