images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • वर्षाले धनकुटामा ४१ करोड ६८ लाखभन्दा...

वर्षाले धनकुटामा ४१ करोड ६८ लाखभन्दा बढीको बालीमा क्षति

वर्षाले धनकुटामा ४१ करोड ६८ लाखभन्दा बढीको बालीमा क्षति

images
images
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • धनकुटा । केहीदिन अगाडि परेको अविरल वर्षाका कारण धनकुटा जिल्लामा धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो । जिल्लामा दुई हजार ५९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४१५ मेट्रिक टन धान क्षति भएको छ ।

    images
    images

    धान बाली कारण ४१ करोड ५२ लाख ९९ हजार रुपियाँ बराबरको क्षति भएको छ ।जसमा काटिसकेको धान चार हजार ५३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको सात हजार ७९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको धान चार दशमलव आठ मेट्रिक टन र पाक्न बाँकी हरियो धान ८६ दशमलव ४ मेट्रिक टन क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना मगरले जानकारी दिनुभयो ।त्यसैगरी, जिल्लामा १३ दशमलव ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ३० दशमलव सात मेट्रिक टन कोदो बाली क्षतिग्रस्त भएको छ ।

    १५ लाख ३५ हजार २ सय ४० रुपैयाँ बराबरको कोदो बाली क्षति भएको छ । धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको १२ हजार ४ सय ४४ मेट्रिक टन धान र कोदो क्षति हुँदा ४१ करोड ६८ लाख ३४ हजार २ सय ४० रुपियाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend