काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब माथि कुल बीमा शुल्क संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांककअनुसार बीमा कम्पनीहरुले विभिन्न बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
यस आर्थक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो। यस्तै, नेशनल लाइफ ले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एलआइसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
समीक्षा अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसै गरी आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो।




.gif)





