images

२०८३ आश्विन २ गते

images
images
images

बीमा प्राधिकरण मुद्दती निक्षेपमा लगानी गर्दै

बीमा प्राधिकरण मुद्दती निक्षेपमा लगानी गर्दै

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडाैँ । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ । प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो । आइतबार शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गर्दै प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरू खुल्ने गरी ७ (सात) दिनभित्र शिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको हो । प्राधिकरणका अनुसार पेस हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।

    images
    images

    बैंक तथा वित्तीय संस्थाहरूले  मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याज दर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपातदेखि बैंक स्थापना भएको वर्ष (वि.सं), पूँजी पर्याप्तता कोषको विवरण दरभाउ पेस गर्दा खुलाउनुपर्ने नेपाल बीमा प्राधिकरणले जानकारी गराएको छ । कति लगानी गर्न खोजेको हो, त्यो भने यकिन गरेको छैन । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend