images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • ४८ दिनपछि धितोपत्र बोर्डका कर्मचारीको समस्या...

४८ दिनपछि धितोपत्र बोर्डका कर्मचारीको समस्या सम्बोधन हुँदै

४८ दिनपछि धितोपत्र बोर्डका कर्मचारीको समस्या सम्बोधन हुँदै

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ गते कार्तिक  । अर्थ मन्त्रालयले ४८ दिनपछि नेपाल धितोपत्र बोर्डको कर्मचारीहरुको समस्या सम्बोधन गर्ने भएको छ ।आज बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा कर्मचारीहरुको समस्या सम्बोधनका लागि एक समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा मन्त्रालयले उनीहरुको समस्या सम्बोधन गर्ने अनौपचारिक सहमति भएको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जानकारी दिए । ‘आज बिहान अनौपचारिक छलफल भएको छ, त्यसलाई औपचारिकता दिन बाँकी छ,’ अध्यक्ष श्रेष्ठले भने ।

    images
    images

    सहमति अनुसार बोर्डमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव (बोर्ड सञ्चालक) विनोद कुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीक समिति गठन गर्ने र समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनेछ । जसमा कर्मचारीको सुविधा कटौती गरिएको भन्ने अर्थ मन्त्रालयको पत्र पुनरावलोकन गर्न पठाउने भन्ने उल्लेख हुनेछ ।

    आज बिहान अर्थ मन्त्रालयमा बोर्ड अध्यक्ष श्रेष्ठ, सञ्चालकहरु, आन्दोलनरत कर्मचारी युनियनका पदाधिकारी र अर्थ मन्त्रालय सहसचिवहरुको संयुक्त बैठकले समिति गठन गर्ने र कर्मचारीहरु काममा फर्किने अनौपचारिक सहमति गरेको हो ।यही सहमितलाई अन्तिम रुप दिन आज साँझ अर्थ मन्त्रालयमै बोर्ड सञ्चालक समितिको बैठक बस्नेछ । बैठकले अनौपचारिक सहमतिलाई औपचारिकता दिनेछ । तीन दिनभित्र समितिले प्रतिवेदन बुझाउने र सो प्रतिवेदन बोर्ड सञ्चालक समितिबाट पारित भएपछि पुनरावलोकनका लागि अर्थ मन्त्रालयमा पठाइनेछ ।

    images
    images

    भोलिदेखि आन्दोलनको मोडालिटी परिमार्जन गरिएको कर्मचारीले जानकारी दिएका छन् । बिहानको धर्ना कार्यक्रम कायमै राखेर भोलिदेखि काममा फर्किने उनीहरुको भनाइ छ ।पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कामकारबाही ४८ दिनदेखि ठप्प थियो । आफूहरूले खाइपाई आएको सेवा सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै धितोपत्र बोर्डका कर्मचारीले ४८औं दिन आइतबार पनि आन्दोलनमै थिए ।कर्मचारीले ७ असोजदेखि आन्दोलन सुरु गरेका थिए । त्यसयता धितोपत्र बोर्डमा कुनै काम भएको छैन । आन्दोलन नै भए पनि गत सातासम्म कर्मचारीहरूले अध्यक्ष श्रेष्ठलगायत सञ्चालक समिति सदस्यलाई कार्यालय प्रवेश गर्न दिएका थिए । तर, समस्या समाधानमा कुनै भूमिका नखेलेको भन्दै गत आइतबारदेखि अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीले कार्यालय प्रवेशमै रोक लगाएका थिए ।

    ३१ भदौको अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ तत्काल खारेज गर्ने निर्णय गरेको थियो । उल्लिखित कार्यविधि नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, सर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएको भन्दै खारेज गरिएको मन्त्रालयले जनाएको छ ।प्रचलित कानुनविपरीत बनेका कार्यविधिका आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकीसरह असुलउपर गर्ने प्रकिया तत्काल सुरु गर्ने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ । आगामी दिनमा आर्थिक दायित्व गर्ने विषयमा निर्णय गर्नुपूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्नू भन्ने पनि अर्थ मन्त्रालयको निर्देशन छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend