images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • सामसङले ल्यायो ग्यालेक्सी बड्स ३ एफई...

सामसङले ल्यायो ग्यालेक्सी बड्स ३ एफई इयरबड्स

सामसङले ल्यायो ग्यालेक्सी बड्स ३ एफई इयरबड्स

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक । सामसङ नेपालले ग्यालेक्सी बड्स ३ एफईको आगमनको घोषणा गरेको छ । एक आकर्षक र बुद्धिमानी ट्रू–वायरलेस इयरबड्स, जसले फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्‍याउने सामसङले जनाएको छ ।

    images
    images

    नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ब्लेड डिजाइनसहित, बड्स ३ एफईले ग्यालेक्सी इकोसिस्टमअन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको शुरूआत गरेको छ। यो उपकरण नजिकको सामसुङ स्टोरमा १९ हजार ९९९ मा उपलब्ध हुने सामसङले जनाएको छ । ग्यालेक्सी बड्स ३ एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ ।

    ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका बड्स ३ एफईले अटो स्विच समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरूबीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण, र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सकिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend