images

२०८३ आश्विन २ गते

images
images
images

किवी खेतीप्रति किसानको आकर्षण बढ्दो

किवी खेतीप्रति किसानको आकर्षण बढ्दो

images
images
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  •  पाल्पा। परम्परागत खेती प्रणालीको तुलनामा किबी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पाका किसान यसतर्फ आकर्षित भएका छन् । मकै, तोरी र कोदो जस्ता परम्परागत बालीबाट अपेक्षित आम्दानी नहुँदा किसानले वैकल्पिक रूपमा किबी खेतीलाई प्राथमिकता दिन थालेका हुन ।हाल पाल्पामा उत्पादन भएको किवी बजारमा प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यहाँको किवी स्थानीय बजारसँगै बुटवल र भैरहवा हुँदै अन्य सहर सम्म पुग्ने गरेको छ ।

    images
    images

    जिल्लाको पूर्व खोलाको जल्पा, रिब्दीकोटको कुसुमखोला, माथागढीको ओलेस र रम्भाको ताहुँलगायतका स्थानमा व्यावसायिक रूपमा किवी खेती हुँदै आएको छ । हाल करिब एक दर्जन किसानले किबी खेतीलाई मुख्य पेसाको रूपमा विस्तार गरिरहेका छन् ।किवी खेती विस्तारका लागि पालिकाले प्राविधिक सहयोग, आवश्यक तालिम, टनेल निर्माण, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेले बताउनुभयो । किवीका अन्य जातमध्ये गोल्डेन र रेड किवीलाई सबैभन्दा उत्कृष्ट मानिन्छ । यी जातका किवीको मूल्य अन्य जातको भन्दा करिब एक सय रुपैयाँ बढी पर्न जाने भएकाले किसान ती जाततर्फ बढी आकर्षित भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend