images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९ प्रतिशत बढेको छ ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार खुद नाफा २१ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ थियो ।

    images
    images

    कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ११ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा १३ अर्ब ३६ करोड रुपैयाँ छ । विपत्ति कोषमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।

    ९ अर्ब २ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा छ । प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८०१ रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend