images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • लुम्बिनी प्रदेशमा खेती क्षेत्रफल घटे पनि...

लुम्बिनी प्रदेशमा खेती क्षेत्रफल घटे पनि कृषि उत्पादन बढ्यो

लुम्बिनी प्रदेशमा खेती क्षेत्रफल घटे पनि कृषि उत्पादन बढ्यो

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौँ । कार्तिक ३०, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हालसालैको अध्ययनअनुसार आर्थिक वर्ष २०८१।८२ मा खाद्य तथा बाली खेती क्षेत्रफल १.४२ प्रतिशतले घटेर ७ लाख ६८ हजार ९६८ हेक्टरमा सीमित भएको छ। यद्यपि, क्षेत्रफल घटे पनि उक्त वर्षमा कुल खाद्य तथा बाली उत्पादन ३.४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टनमा पुगेको छ।

    images
    images

    कृषि उत्पादनका अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। दूध उत्पादन २.८८ प्रतिशत, मासु ३.०३ प्रतिशत, अण्डा ३.११ प्रतिशत तथा माछा उत्पादन १३.९८ प्रतिशतले बढेको बैंकको प्रतिवेदनले जनाएको छ। वनजन्य क्षेत्रअन्तर्गत काठ उत्पादन दोब्बर वृद्धि भई २.३४ प्रतिशतले बढेको उल्लेख छ।

    कृषि क्षेत्रमा कर्जा प्रवाह भने ३.४६ प्रतिशतले घटेको पाइएको छ। कुल कृषि कर्जामध्ये रुपन्देहीको हिस्सा सबैभन्दा धेरै ४३.८० प्रतिशत रहेको छ भने रुकुमपूर्वको हिस्सा केवल ०.४० प्रतिशत मात्र रहेको छ।

    images
    images

    औद्योगिक क्षेत्रमा लुम्बिनी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५०.६० प्रतिशतमा देखिएको छ। अध्ययनमा परेका उद्योगमध्ये रोजिन उत्पादन उद्योगले सबैभन्दा बढी ८८.६९ प्रतिशत क्षमता उपयोग गरेको छ भने ड्राइ सिरप उत्पादन उद्योगले केवल ८.६४ प्रतिशत मात्र उपयोग गरेको पाइन्छ। औद्योगिक उत्पादनतर्फ सबैभन्दा ठूलो वृद्धि सिन्थेटिक कपडा उत्पादनमा देखिएको छ, जसमा १७०.७७ प्रतिशत वृद्धि भएको छ। उद्योग क्षेत्रमा कर्जा प्रवाह ६।९३ प्रतिशतले बढेको छ, जसमा कृषी, वन तथा पेय पदार्थसम्बन्धी उद्योगहरूले ४३।६३ प्रतिशत कर्जा प्राप्त गरेका छन्।

    सेवा क्षेत्रमा पर्यटकस्तरीय होटलहरूको अवस्था कमजोर देखिएको छ। १० होटलका तथ्याङ्कअनुसार होटल शय्या संख्या ३४.२० प्रतिशत, शय्या बिक्री ४५.७४ प्रतिशत र पर्यटक आगमन ६१.७८ प्रतिशतले घटेको छ। यद्यपि, घरजग्गा रजिस्ट्रेसन संख्या ४२.८२ प्रतिशतले बढेको देखिन्छ, तर त्यसम्बन्धी राजस्व भने ५.४५ प्रतिशतले घटेको छ।

    प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट २०८२ असार मसान्तसम्म निक्षेप परिचालन १५.४३ प्रतिशतले तथा कर्जा प्रवाह २.९२ प्रतिशतले बढेको छ। बचत तथा ऋण सहकारी संस्थातर्फ कुल पुँजी २.४४ प्रतिशतले घटे पनि बचत परिचालन ६.१६ प्रतिशत र कर्जा प्रवाह २.५० प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ।

    लुम्बिनी प्रदेशको समग्र आर्थिक अवस्थाबारे नेपाल राष्ट्र बैंकद्वारा जारी ताजा अध्ययन

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend