images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन रिइन्स्योरेन्सको नाफा ८.६ प्रतिशतले ...

हिमालयन रिइन्स्योरेन्सको नाफा ८.६ प्रतिशतले बढ्यो

हिमालयन रिइन्स्योरेन्सको नाफा ८.६ प्रतिशतले बढ्यो

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • ३० कात्तिक, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ८.६ प्रतिशत बढेको छ ।सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा सो दरले बढेको हो । चालु आवको पहिलो त्रैमासिक अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो ।

    images
    images

    समीक्षा अवधिमा खुद प्रिमियम आम्दानी ९.३ प्रतिशत बढेको छ, जसले नाफा वृद्धिमा टेपा पुर्‍याएको हो । खुद प्रिमियम आम्दानी पहिले ९२ करोड ४४ लाख रुपैयाँ रहेकोमा अहिले १ अर्ब १ करोड रुपैयाँ छ ।लगानीवापतको आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ३१ करोड २१ लाख रुपैयाँ रहेकोमा अहिले २३ करोड ३९ लाख रुपैयाँ छ । १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ ।

    नाफा बढ्दा वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ८.७१ रुपैयाँ रहेकोमा अहिले ९.०५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ । हाल बजार मूल्य प्रतिकित्ता ७९०.६० रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend