images

२०८३ आश्विन २ गते

images
images
images

काठमाडौँ महानगरको पहिलो चौमासिक : गत वर्षको तुलनामा बढ्यो साढे ५ करोड राजस्व

काठमाडौँ महानगरको पहिलो चौमासिक : गत वर्षको तुलनामा बढ्यो साढे ५ करोड राजस्व

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अरब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अरब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपियाँ सङ्कलन भएको थियो ।यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा ५ करोड ६५ लाख १० हजार ४९२ रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । गएको वर्ष १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्षको १५ अरब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ ।

    images
    images

    चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपियाँ सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा १ अरब ९९ लाख २ लाख ६७ हजार ६९५ रुपियाँ राजस्व सङ्कलन भएको थियो । यो अङ्क गएको वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो ।यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपियाँ सङ्कलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपियाँ सङ्कलन भयो ।

    राजस्व विभागका प्रमुख दीपक अधिकारी भन्छन्– ‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रूपमा वृद्धि भयो । साना घर हुनेको घट्यो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’

    images
    images

    यस वर्ष बहाल कर असुली बढेको छ । गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपियाँ सङ्कलन भएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ सङ्कलन भएको छ ।बहाल कर बढ्नुको कारण बताउँदै अधिकारी भन्छन्– ‘२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साबिकमा सङ्घ सरकारका आन्तरिक राजस्व कार्यालयहरूबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा थालेपछि यस शीर्षकमा कर बढेको हो ।’यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपियाँ सङ्कलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ ।

    भवन नक्सा शुल्कबाट सङ्कलन हुँदै आएको रकम भने घटेको छ । गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपियाँ सङ्कलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend