images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • मेटाले बन्द गर्न थाल्यो १६ वर्ष...

मेटाले बन्द गर्न थाल्यो १६ वर्ष मुनीका किशोर-किशोरीको इन्स्टाग्राम अकाउन्ट

मेटाले बन्द गर्न थाल्यो १६ वर्ष मुनीका किशोर-किशोरीको इन्स्टाग्राम अकाउन्ट

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरीलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेसँगै मेटाले आफ्ना प्लेटफर्म इन्स्टाग्राम, फेसबुक र थ्रेड्समा रहेका किशोर प्रयोगकर्ताका अकाउन्ट बन्द गर्ने सूचना पठाउन थालेको छ । विश्वकै ठुलो सामाजिक सञ्जाल कम्पनी मेटाले १३ देखि १५ वर्ष उमेर समूहका प्रयोगकर्तालाई टेक्स्ट मेसेज, इमेल र एपभित्रै नोटिफिकेसन पठाएर ४ डिसेम्बरदेखि अकाउन्ट निष्क्रिय गर्न सुरु गरिने जानकारी दिएको हो । अस्ट्रेलियामा यो प्रतिबन्ध १० डिसेम्बरदेखि पूर्ण रूपमा लागु हुनेछ । यो नियम मेटाका प्लेटफर्मका साथै टिकटक, युट्युब, एक्स र रेडिट जस्ता अन्य सामाजिक सञ्जालहरूमा पनि लागु हुनेछ । तर, त्यसअघि नै मेटाले किशोर-किशोरीको अकाउन्ट बन्द गर्न थालेको हो ।

    images
    images

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो प्रतिबन्धलाई ‘विश्वकै लागि उदाहरणीय’ भन्दै यसको उद्देश्य ‘बच्चाहरूलाई बच्चा नै रहन दिनु’ रहेको बताएका छन् । मेटा र अन्य प्रविधि कम्पनीले यस कदमको विरोध गरे पनि कानुनको पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।अस्ट्रेलियाको इन्टरनेट नियामकको अनुमान अनुसार फेसबुकमा करिब डेढ लाख र इन्स्टाग्राममा साढे तीन लाख किशोर-किशोरी १३ देखि १५ वर्ष उमेर समूहका छन् ।यससँगै ४ डिसेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाले मेटाका सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ अकाउन्ट खोल्न पनि पाउने छैनन् । कम्पनीले युवा प्रयोगकर्तालाई आफ्नो सम्पर्क विवरण अपडेट गर्न आग्रह गरेको छ । यसो गर्दा ती प्रयोगकर्ता योग्य भए भने पुनः आफ्ना सामाजिक सञ्जालका अकाउन्ट प्रयोग गर्न सक्छन् ।

    अकाउन्ट बन्द हुनुअघि प्रयोगकर्तालाई आफ्ना पोस्ट, भिडिओ र मेसेज डाउनलोड गरेर सुरक्षित राख्ने सुविधा दिइएको छ । यदि कुनै किशोर-किशोरीले आफ्नो उमेर १६ वर्षभन्दा बढी भएको दाबी गरेमा उनीहरूले ‘भिडिओ सेल्फी’ मार्फत अनुहार स्क्यान गराएर वा ड्राइभिङ लाइसेन्स जस्ता सरकारी परिचयपत्र पेस गरेर उमेर प्रमाणीकरण गर्न सक्छन् । यद्यपि विज्ञहरूले कुनै पनि एउटा प्रमाणीकरण विधि पूर्ण रूपमा प्रभावकारी नभएको बताउँदै आएका छन् ।नियम पालना नगर्ने र १६ वर्ष मुनिका प्रयोगकर्तालाई रोक्न ‘उचित कदम’ नचाल्ने सामाजिक सञ्जाल कम्पनीलाई पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना हुन सक्नेछ ।मेटाकी सुरक्षा प्रमुख एन्टिगोन डेभिसले रोयटर्सलाई भनिन्, “हामी १० डिसेम्बरसम्ममा १६ वर्ष मुनिका सबै प्रयोगकर्तालाई हटाउने प्रयास गरिरहेका छौँ । तर कानुनको पालना एक निरन्तर र बहु-स्तरीय प्रक्रिया हुनेछ ।”मेटाले यो प्रतिबन्धको सट्टा सामाजिक सञ्जाल एप डाउनलोड गर्नुअघि अभिभावकको स्वीकृति लिनुपर्ने कानुन बनाउनुपर्नेमा जोड दिएको छ । अस्ट्रेलियाकी ई-सेफ्टी कमिस्नर जुली इनम्यान ग्रान्टका अनुसार यो प्रतिबन्ध किशोर-किशोरीलाई ‘सामाजिक सञ्जालमा रहँदा भोग्नुपर्ने दबाब र जोखिमहरूबाट जोगाउन’ ल्याइएको हो ।

    images
    images

    कुन-कुन प्लेटफर्ममा प्रतिबन्ध लाग्छ ?

    • फेसबुक

    • इन्स्टाग्राम

    • थ्रेड्स

    • टिकटक

    • युट्युब

    • एक्स

    • रेडिट

    • स्न्यापच्याट

    • किक

    प्रतिबन्ध नलाग्ने प्लेटफर्म:

    • डिस्कर्ड

    • मेसेन्जर

    • ह्वाट्सएप

    • युट्युब किड्स

    • रोब्लक्स

    • गुगल क्लासरूम

    • गिटहब

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend