काठमाडौँ । मंसिर ५, देशभर घरजग्गा कारोबार निरन्तर घट्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा परेको देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षका पहिलो चार महिनामा मालपोत कार्यालय मार्फत हुने राजस्व क्रमशः ओरालो लागेको छ।
सरकारले घरजग्गा कारोबार सहज बनाउन विभिन्न प्रक्रिया सरल बनाए पनि अपेक्षित रूपमा कारोबार तथा राजस्व वृद्धि हुन नसकेको विभागले जनाएको छ। केही दिनअघि मात्रै सरकारले भू–उपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेर थप व्यवस्था मिलाएको थियो।
विभागका तथ्यांक अनुसारः साउन महिनामा राजस्व सङ्कलन रु ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२,भदौमा रु ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५
,असोजमा रु २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७,कात्तिकमा घटेर रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ मा सीमित
भर्खरै सम्पन्न कात्तिक महिनामा विभिन्न शीर्षक मार्फत सङ्कलन भएको राजस्व यसप्रकार छः सेवा करः रु २१ करोड ३४ लाख ४७ हजार ४१३,रजिष्ट्रेसन दस्तुरः रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४,पुँजीगत लाभकरः रु ९९ करोड ७८ लाख ४४ हजार ३९२
अर्थतन्त्रमा चाप बढिरहेको अवस्थामा घरजग्गा कारोबारमा आएको निरन्तर सुस्तीले आगामी महिनामा राजस्व सङ्कलनमा थप दबाब पर्ने विश्लेषकहरूको बुझाइ छ।




.gif)





