images

२०८३ आश्विन २ गते

images
images
images

अण्डाको नयाँ मूल्य आजदेखि बजारमा

अण्डाको नयाँ मूल्य आजदेखि बजारमा

images
images
शनिवार, मंसिर १३ २०८२
शनिवार, मंसिर १३ २०८२
  • काठमाडौँ । मंसिर १३, अण्डाको नयाँ मूल्य आजदेखि बजारमा लागू भएको छ । हिजो बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले आज देखि लागू हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो ।

    images
    images

    उहाँका अनुसार तोकिएको नयाँ मूल्यले किसानको लागत उठाउनेछ । नयाँ दर अनुसार अति ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मध्यम अण्डा ५ सय ३० रुपैयाँ रहेको छ । अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट ४० ले वृद्धि भएको हो । किसानको फार्म लागतलाई आधार मानेर नयाँ मूल्यसूची तोकिएको अध्यक्ष पोखरेलले दाबी गर्नुभयो ।

    भारतले अण्डाको अबैध निर्यात रोकेकाले पनि यहाँ नयाँ मूल्य तोक्न सहज भएको छ । जाडोयाममा अण्डाको खपत बढ्ने गरेकोले यो समयमा अण्डाको भाउ बढ्ने गरेको भएपनि यसपाली उच्च वृद्धि भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend