images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन...

अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत लघुवित्तबाट प्रवाह हुने कर्जाको सीमा बढाएको हो ।नयाँ व्यवस्था अनुसार लघुवित्तबाट १५ लाख रुपैयाँसम्म ऋण लिन पाइने भएको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँ मात्र रहेको थियो। राष्ट्र बैंकले सो सीमालाई शतप्रतिशत भन्दा बढीले वृद्धि गर्दै १५ लाख रुपैयाँ कायम गरेको हो  ।

    images
    images

    ‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।१५ लाखसम्मको सुविधा प्राप्त गर्नका लागि ऋणीले धितो भने अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएको छ । विद्यमान यस्तो सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend