images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • चार महिनामा जीवन बीमा कम्पनीहरुद्वारा ...

चार महिनामा जीवन बीमा कम्पनीहरुद्वारा ६२ अर्ब माथिको कुल बीमाशुल्क आर्जन, कुनको कति ?

चार महिनामा जीवन बीमा कम्पनीहरुद्वारा ६२ अर्ब माथिको कुल बीमाशुल्क आर्जन, कुनको कति ?

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ६२ अर्ब रुपैयाँ माथिको कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यी कम्पनीहरूले गत आवको कात्तिक महिनासम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आवमा १६.५३ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

    images
    images

    नेपाल लाइफले सर्वाधिक १७ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेशनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ, एलआईसी नेपालले ६ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    त्यसपछि सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend