images

२०८३ आश्विन २ गते

images
images
images

मेची भन्सारबाट ४ महिनामा झन्डै ४ अर्वको अलैँची निर्यात

मेची भन्सारबाट ४ महिनामा झन्डै ४ अर्वको अलैँची निर्यात

images
images
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • झापा । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा एक अर्ब ९० करोड दुई लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।

    images
    images

    कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ । यो अवधिमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य बस्तुहरुमा भेनियर सिट १३४ दशमलव ८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो तीन दशमलव २० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

    यसैगरी प्लाउड ५२ दशमलव ७० प्रतिशत, अम्रिसो २३ दशमलव ९० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ३० प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सात अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend