images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • हिउँदे बालीका लागि रासायनिक मलको अभाव...

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छभने त्यति नै परिमाणमा बिक्रीवितरणसमेत भइरहेको छ ।उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । “चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छभने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ”, उनले भने ।

    images
    images

    शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्रीवितरण गरिएको छ ।हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिए । उनका अनुसार युरिया प्रतिबोरा आठ सय आठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा रु दुई सय १५ मा बिक्री भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend