images

२०८३ आश्विन २ गते

images
images
images

घरजग्गा कारोबारबाट मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन

घरजग्गा कारोबारबाट मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन

images
images
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • काठमाडौ। कित्ताकाट खुलेसँगै मंसिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार मङ्सिर महिनामा देशभर ५१ हजार ६३२ वटा नयाँ घरजग्गा किनबेच (लिखत पारित) भएका छन् । चालु आर्थिक वर्षको सुरुवात साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो । यस्तै कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ उठेको थियो । तर साउन महिनापछि निरन्तर रूपमा ओरालो लागेको घरजग्गा कारोबारमा मङ्सिर महिनामा भने उत्साह देखिएको छ । 

    images
    images

    विभागका अनुसार पछिल्लो पाँच महिनामा कुल १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले गत कार्तिक २४ गते गरेको भू–उपयोग नियमावली, २०७९ ९तेस्रो संशोधन २०८२० को निर्णय गरेको थियो ।  सोही संशोधनका आधारमा कित्ताकाट खुला भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend