images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो।

    images
    images

    नेप्सेले यस दिन महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५-५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात महालक्ष्मीको सेयर मूल्य ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने नेपाल लाइफको ७७८ रुपैयाँ ५७ पैसा, सिंगटीको २७१ रुपैयाँ ४३ पैसा र नेपाल हाइड्रोको ६६९ रुपैयाँ ६३ पैसा कायम भएको छ।

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो। आइतबार दोस्रो बजारमा महालक्ष्मीको सेयर प्रतिकित्ता ३८४ रुपैयाँ, नेपाल लाइफको ८१७ रुपैयाँ ५० पैसा, सिंगटीको २८५ रुपैयाँ र नेपाल हाइड्रोको ७२९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend