images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं।  नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा रु रु जलविद्युत परियोजना, मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको सेयर मूल्य समायोजन भएको हो।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    सेयर मूल्य समायोजनपछि मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ७९८ रुपैयाँ २६ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ९ सय १८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।रु रु जलविद्युतको सेयर मूल्य ६ सय ६० रुपैयाँ ९१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय २७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ सय २७ रुपैयाँ ०२ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय ६८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।चन्द्रागिरी हिल्सको सेयर मूल्य ८ सय ४३ रुपैयाँ ८१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ८ सय ८६ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend