images

२०८३ आश्विन २ गते

images
images
images

पाँच महिनामा पाँच अर्ब ५३ करोडको अलैँची भारत निर्यात

पाँच महिनामा पाँच अर्ब ५३ करोडको अलैँची भारत निर्यात

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • झापा। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ ।कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ ।

    images
    images

    साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, रु ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।साथै, नौ करोड १२ लाख ८७ हजारको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend