images

२०८३ आश्विन २ गते

images
images
images

नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौं। नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिनर्जी पावर, सन नेपाल लाइफ, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।सिनर्जी पावरको हिजो आइतबार कायम अन्तिम सेयर मूल्य ४३० रुपैयाँ २० पैसाका आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ ९ पैसा कायम भएको छ ।

    images
    images

    सन नेपाल लाइफको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ । कम्पनीको आइतबार कायम अन्तिम शेयरमूल्य ५१४ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ६१५ रुपैयाँ तोकेको छ । आइतबार कायम अन्तिम सेयर मूल्य ६५१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

    कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ६५० रुपैयाँ तोकेको छ । आइतबार कायम अन्तिम शेयरमूल्य १ हजार ८१५ रुपैयाँको आधारमा यस कम्पनीको मूल्य समायोजन भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend