images

२०८३ आश्विन २ गते

images
images
images

मेची भन्सार कार्यालयः पाँच महिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयः पाँच महिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

images
images
मंगलवार, पौष १५ २०८२
मंगलवार, पौष १५ २०८२
  • भद्रपुर (झापा), १५ पुसः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो ।

    images
    images

    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।

    त्यसैगरी, कार्यालयको तथ्याङ्क अनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend