images

२०८३ आश्विन २ गते

images
images
images

अर्थतन्त्र उकास्न सर्वपक्षीय राष्ट्रिय संवाद आज

अर्थतन्त्र उकास्न सर्वपक्षीय राष्ट्रिय संवाद आज

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ, १६ पुस । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ।

    images
    images

    नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने यस कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने बताइएको छ। संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार, संवादको लक्ष्य राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्नु हो। कार्यक्रमले अर्थतन्त्रका चुनौती समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा राखिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend