images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट सिद्धार्थ बैंकले पायो अग्राधिकार...

धितोपत्र बोर्डबाट सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति

धितोपत्र बोर्डबाट सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौं।  सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । बोर्डले आज ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।अनुमति पाएसँगै बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ ।  बैंकको यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण हुनेछ।

    images
    images

    बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको  छ।हालसम्म नेपाल धितोपत्र बोर्डले अग्राधिकार सेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ । यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend