images

२०८३ आश्विन २ गते

images
images
images

आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा

आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं- नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१र८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।सार्वजनिक तथ्यांक अनुसार निगमले गत आवमा ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा गरेको छ । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबर राजस्व योगदान गरेको छ ।

    images
    images

    कार्यकारी निर्देशक डा.भट्टका अनुसार निगमको वित्तीय सुधारको मुख्य आधार २०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य समायोजन प्रणाली हो । यही प्रणालीका कारण निगम घाटाबाट बाहिर निस्कँदै दिगो नाफाको अवस्थामा पुगेको उनले बताए । साथै, पूर्वाधार विस्तारले ढुवानी लागत घट्नुका साथै व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।पछिल्ला वर्षमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा ठूलो क्षमताको भण्डारण गृह र पोखरामा हवाई इन्धन भण्डारण केन्द्र सञ्चालनमा आएपछि इन्धन आपूर्ति सहज बनेको निगमको दाबी छ । प्रविधितर्फ ‘फ्लो मिटर’ र ईआरपी प्रणाली लागू गरेर चोरी, चुहावट नियन्त्रण तथा कारोबारमा पारदर्शिता बढाइएको जनाइएको छ । यसले उपभोक्तालाई सस्तो इन्धन उपलब्ध गराउन सहयोग पुगेको निगमको भनाइ छ ।

    आगामी दिनमा निगमले परम्परागत इन्धन व्यापारसँगै क्लिन इनर्जी र व्यवसायिक विविधीकरणमा जोड दिने योजना अघि सारेको छ । पेट्रोलमा इथानोल मिश्रण, हरित हाइड्रोजनको व्यावसायीकरण, नयाँ पाइपलाइन र डिपो निर्माण, दुर्गम क्षेत्रमा पेट्रोल पम्प विस्तार तथा संस्थालाई पब्लिक लिमिटेडमा लैजाने विषय अध्ययनको चरणमा रहेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend