images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीहरूद्वारा ७ महिनामै ८५...

जीवन बीमा कम्पनीहरूद्वारा ७ महिनामै ८५ अर्ब ९४ करोड नवीकरण शुल्क संकलन, कसको कति ?

जीवन बीमा कम्पनीहरूद्वारा ७ महिनामै ८५ अर्ब ९४ करोड नवीकरण शुल्क संकलन, कसको कति ?

images
images
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं- जीवन बीमा कम्पनीहरूको नविकरण आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–०८३ को माघ मसान्तसम्मको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले सात महिनामा ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका छन् ।यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा ७५ अर्ब २५ करोड २७ लाख रुपैयाँ नविकरण शुल्क उठेको थियो । नयाँ बीमा व्यवसाय विस्तार र पुराना पोलिसीको नियमित नविकरण बढ्दै जाँदा कम्पनीहरूको स्थिर आम्दानी स्रोत बलियो बन्दै गएको देखिन्छ ।

    images
    images

    नविकरण शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीले २२ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको एलआईसी नेपालले १० अर्ब १० करोड २ लाख रुपैयाँ संकलन गरेको छ ।त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले ९ अर्ब ४ करोड ९३ लाख रुपैयाँ नविकरण शुल्क आर्जन गरेका छन् ।सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स ९४ अर्ब ९६ करोड ३२ लाख०, एशियन लाइफ इन्स्योरेन्स ९४ अर्ब २५ करोड २७ लाख०, सिटिजन लाइफ इन्स्योरेन्स ९३ अर्ब २१ करोड ९९ लाख० र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ९३ अर्ब १२ करोड ८० लाख० ले उल्लेख्य नविकरण शुल्क उठाएका छन् ।

    त्यसैगरी मेट लाइफ नेपालले २ अर्ब ८२ करोड ९९ लाख, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ५० करोड ८५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड ६१ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड ६३ लाख तथा सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ बराबर नविकरण बीमा शुल्क संकलन गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend