images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • एसएमएसबाटै प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम पाउन...

एसएमएसबाटै प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम पाउन सकिने व्यवस्था

एसएमएसबाटै प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम पाउन सकिने व्यवस्था

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं । डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम एसएमएस मार्फत सजिलै प्राप्त गर्न सकिने सेवा सुरु गरेको जनाएको छ।

    images
    images

    निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा अत्यधिक चाप (ट्राफिक) हुने, इन्टरनेटको पहुँच नभएका स्थानहरू तथा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।

    यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको मेसेज बक्समा गई सन्देश टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि EC <स्पेस> जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गरी ३१००३ नम्बरमा पठाउनुपर्नेछ।

    images
    images

    उदाहरणका लागि, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को मतगणनाको अपडेट जान्न चाहने प्रयोगकर्ताले EC Kavrepalanchok 1 टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ। सन्देश पठाएको केही क्षणमै सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत प्राप्त हुनेछ।

    आकाश एसएमएसका भाइस प्रेसिडेन्ट राजन कोइरालाका अनुसार यो सेवा विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक, इन्टरनेटको सहज पहुँच नभएका व्यक्ति तथा वेबसाइटको भिडभाडबाट बच्न चाहनेहरूका लागि निकै उपयोगी हुने विश्वास गरिएको छ।

    उनले साधारण मोबाइल प्रयोगकर्ताले पनि सहज रूपमा निर्वाचनसम्बन्धी जानकारी पाउन सकून् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको बताए।

    कम्पनीका अनुसार यस सेवामार्फत उपलब्ध गराइने तथ्याङ्कहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा आधारित हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend