images

२०८३ आश्विन २ गते

images
images
images

सुनचाँदी मूल्यमा साता भर उतारचढाव

सुनचाँदी मूल्यमा साता भर उतारचढाव

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौँ । यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको सुरुवातमा बढेको मूल्य पछिल्ला दिनहरूमा भने लगातार घट्दै गएको छ।

    images
    images

    आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको थियो। सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको थियो। मंगलबार पनि वृद्धि जारी रहँदै २ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २८ हजार रुपैयाँ पुगेको थियो।

    तर त्यसपछि भने सुनको मूल्यमा गिरावट सुरु भयो। बुधबार एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेर सुनको मूल्य ३ लाख १७ हजार ६ सय रुपैयाँमा झर्यो। त्यसपछि पनि घट्ने क्रम रोकिएन। शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    चाँदीको मूल्यमा पनि यस्तै उतारचढाव देखिएको छ। आइतबार प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारसम्म घटेर ५ हजार ४ सय ४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

    एक महिनाअघि माघ २२ गते सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ र चाँदी ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारको प्रभाव पनि नेपाली बजारमा स्पष्ट देखिएको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय ६९ डलर रहेकोमा शुक्रबार घटेर ५ हजार १ सय ४४ डलरमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य प्रतिऔंस ८४ डलरबाट बढेर ८६ डलर पुगेको थियो।

    डालरको विनिमय दरमा आएको परिवर्तनले पनि सुनचाँदीको मूल्यमा असर परेको छ। बिहीबार एक अमेरिकी डलरको मूल्य १४७ रुपैयाँ पुगेको थियो भने शुक्रबार १४६.२७ रुपैयाँमा झरेको थियो।

    विशेषज्ञहरूका अनुसार भूराजनीतिक तनाव, विश्वव्यापी आर्थिक अनिश्चितता तथा सुरक्षित लगानीका रूपमा सुनमा बढ्दो आकर्षणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित हुने गरेको छ। अमेरिका–इरान तनाव, रुस–युक्रेन युद्ध तथा अमेरिका–चीनबीचको बढ्दो आर्थिक प्रतिस्पर्धाले पनि बजारमा प्रभाव पारिरहेको छ।

    त्यस्तै विदेशी लगानीकर्ताले भारतबाट लगानी फिर्ता लैजान थालेपछि भारतीय रुपैयाँ कमजोर हुँदै गएको र डलर बलियो बनेको छ। नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा रहेको कारण यसको प्रभाव नेपाली बजारमा पनि परेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend