images

२०८३ आश्विन १ गते

images
images
images
  • विशेष
  • खाद्य क्षेत्रका नवप्रवर्तक नेत्र न्यौपानेसँग विशेष...

खाद्य क्षेत्रका नवप्रवर्तक नेत्र न्यौपानेसँग विशेष कुराकानी

खाद्य क्षेत्रका नवप्रवर्तक नेत्र न्यौपानेसँग विशेष कुराकानी

images
images
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • अर्थसमाचार संवाददाता शिव न्यौपाने । अस्ट्रेलिया, नेपाली खाना, डिजिटल प्लेटफर्म र संघर्षपूर्ण जीवनयात्रालाई जोडेर आफ्नै पहिचान बनाएका शिव न्यौपाने (नेत्र प्रसाद न्यौपाने) अहिले पाककला भिडियो मार्फत नेपाली खानाको प्रवर्द्धनमा सक्रिय छन्। “खाना यस्तो विषय हो, जसले संसारका सबै मानिसलाई जोड्न सक्छ।”

    images
    images

    बाल्यकाल र शिक्षा अर्घाखाँचीको पाणिनी–५ मैदान बहखोरमा जन्मिएका न्यौपानेले सामान्य पारिवारिक अवस्थाबाट आफ्नो यात्रा सुरु गरेका हुन्। उनले प्रारम्भिक शिक्षा नजिकैको श्री सर्वोदय प्राविमा लिए भने त्यसपछि भानु मावि हुँदै कृष्ण उच्च माविबाट कक्षा १२ पूरा गरे। विद्यालय तहमा राम्रो विद्यार्थीका रूपमा चिनिएका उनी एसएलसीमा ६२ प्रतिशत अंक ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए।

    तर +2 तहमा भने उमेर, वातावरण र मोबाइलको प्रभावका कारण पढाइमा ध्यान केन्द्रित गर्न सकेनन्। उनी आफैं स्वीकार्छन्“मोबाइलले मलाई केही बिगार्‍यो, तर यही मोबाइलले आजको बाटो पनि देखायो।”

    images
    images

    संघर्षको चरण कक्षा ८ पढ्दादेखि नै आमाबुबा रोजगारीका लागि भारतको लुधियाना गएपछि उनी हजुरआमासँग बसेर पढ्न थाले। पारिवारिक अवस्था कमजोर भएकाले +2 पछि उनी पनि भारत पुगे र त्यहाँ भाडा माझ्नेदेखि ढावामा काम गर्ने जस्ता कठिन काम गरे।

    त्यही अनुभवले उनलाई शिक्षा र आत्मनिर्भरता कति महत्त्वपूर्ण छ भन्ने बुझायो। त्यसपछि उनी नेपाल फर्किए र बुटवलमा बसेर पढाइसँगै काम सुरु गरे।

    जागिरदेखि युट्युब यात्रा बुटवलमा उनले प्रिन्टिङ हाउसमा एकाउन्टेन्टको काम गरे, जबकि उनलाई एकाउन्टको आधारभूत ज्ञान समेत थिएन। पछि उनले eSewa मा ग्राहक सेवा (CSD) मा जागिर पाए र करिब १ वर्ष ३ महिना काम गरे।

    यसबीच उनले युट्युब च्यानल सुरु गरिसकेका थिए। सुरुमा १५०० सब्सक्राइबर भएका उनको च्यानलमा उनले शेयर बजारसम्बन्धी भिडियो बनाउन थाले। निफ्राको आईपीओको समयमा बनाएका भिडियोहरूले उनलाई पहिलो पटक राम्रो भ्यूज र आम्दानी दिलाए।

    उनले सम्झिन्छन्“पहिलो दिन ३ डलर कमाएको अझै सम्झिन्छु।”

    डिजिटल सफलताको मोड पछि उनले फेसबुक र टिकटकमा कन्टेन्ट बनाउने, मोनेटाइजेसन गर्ने तरिका सिकाउने भिडियोहरू बनाए। फेसबुकमा चिनियाँ भिडियोहरूलाई नेपाली भ्वाइसओभर गरेर अपलोड गर्दा उनले उल्लेखनीय सफलता पाए एक वर्षमै करिब १० लाख रुपैयाँ कमाउन सफल भए।

    यसले उनलाई आर्थिक रूपमा आत्मनिर्भर बनायो। उनले घरखर्च धान्न, भाइबहिनीको पढाइमा सहयोग गर्न र आफ्नै जीवनस्तर सुधार गर्न सके।

    व्यक्तिगत जीवन उनले २०८१ वैशाख ७ गते अरुणा बेल्वासे सँग विवाह गरेका छन्। विवाहपछि थप जिम्मेवारी आए पनि उनी आफ्नो डिजिटल यात्रालाई निरन्तरता दिइरहेका छन्।

    हालको यात्रा र लक्ष्यअहिले उनी टिकटक, फेसबुक र युट्युबमा पाककला, भ्लग, कमेडी र स्ट्रीट च्यालेन्ज भिडियोहरू बनाउँदै आएका छन्। विशेषगरी सडकमा आधारित ‘स्ट्रीट च्यालेन्ज’ भिडियोहरूले उनलाई देशभर चिनाएको छ।

    साथै, उनी नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले पाककला भिडियोहरू निर्माण गरिरहेका छन्। उनका अनुसार, “फुड कन्टेन्टले विश्वभरका दर्शकलाई आकर्षित गर्न सक्छ, त्यसैले यो ग्लोबल ग्रोथको सबैभन्दा राम्रो माध्यम हो।”

    सफलता मन्त्र न्यौपानेको विचारमा सफलताको मुख्य मन्त्र निरन्तरता (Consistency) हो। उनी भन्छन्
    “हरेक बिहान आफूलाई शून्यबाट सुरु भएको सम्झनुपर्छ। त्यसले नयाँ केही गर्न प्रेरणा दिन्छ।”

    भविष्य योजना हाल बुटवलमा बस्दै आएका उनी भविष्यमा घर बनाउने, व्यवसाय गर्ने र डिजिटल क्षेत्रमै अझ ठूलो पहिचान बनाउने लक्ष्य राख्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend