images

२०८३ आश्विन १ गते

images
images
images
  • विशेष
  • प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल...

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

images
images
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ, २० चैत । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उहाँ शुक्रबार नियुक्त हुनुभएको हो । खोजपत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

    images
    images

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र  मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुनेछ ।

    दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन गरी पत्रकारिताका सबै विधामा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उहाँले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताका रूपमा कार्य गर्दै आउनुभएको थियो । रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend