images

२०८३ आश्विन २ गते

images
images
images

विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

images
images
मंगलवार, बैशाख १ २०८३
मंगलवार, बैशाख १ २०८३
  • काठमाडौँ, १ वैशाख । बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो ।

    images
    images

    कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ । विभागले काठमाडौँ महानगरपालिका–१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो ।
     
    विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, सरोकार भएकाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुमगन गर्दै आएको जनाएको छ ।रासस 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend